२१ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा सहभागी गराउनु गलत भएको टिप्पणी गरेका छन् ।
उपसभापति खड्काले शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै बलात्कारको अभियोग लागेका लामिछानेलाई टिममा सहभागी गराउनु गलत भएको बताएका छन् ।
बलात्कारको अभियोगमा विचाराधीन रहेकै बेला लामिछानेलाई नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय टिममा फर्काएपछि उनले यस्तो टिप्पणी गरेका हुन्। उनले लोकप्रिय भएको वा कुनै नाममा उन्मुक्ति दिन नपाइने पनि बताए ।
उनले लेखेका छन्, ‘काेहि नेता लाेकप्रिय हाेलान्,काेहि कलाकार लाेकप्रिय हाेलान्,काेहि खेलाडि लाेकप्रिय हाेलान् ?याे बेग्लै कुरा हाे । तर बलात्कारकाे अभियाेग वा कुनै पनि अभियाेग लागेकाे ब्यक्तिलाई कुनै पनि खालकाे उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन । सम्बन्धित संस्थाकाे तत्काल गंभीर ध्यान जाओस् ।’