प्रवास

जर्मनीमा नेपाली कला, संस्कृति प्रवर्द्धन गरिने

२२ माघ, काठमाडौं । नेपाली कला, संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि जर्मनीको बर्लिनमा विशेष कार्यक्रम हुने भएको छ ।

नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास०को सहकार्यमा हुने कार्यक्रममा प्रवासमा रहेर कला, संस्कृतिमा योगदान पुर्‍याउने विशिष्ट स्रष्टा, कलाकर्मी, साहित्यकार लगायतलाई समान दिइने डेल्फिक नेपाल अध्यक्ष श्रीदेव विएलले जानकारी दिए।

“नेपाली चलचित्रको छनोट गरी विश्वका विभिन्न राष्ट्रमा नियमितरुपमा प्रचारप्रसार र प्रदर्शन गर्न वैकल्पिक बजार खोज्ने, प्रवद्र्धनका लागि विभिन्न महोत्सव आयोजना गर्ने बारेसमेत छलफल गरेका छौँ”, अध्यक्ष विएलले भने। छलफलमा डेल्फिक नेपालका सचिव सूर्यबहादुर रास्कोटी, इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, इनास युकेका अध्यक्ष विनोद चिपालु, लेखक/निर्देशक सनमकुमार वैराग, विकास देवकोटा, कानुन व्यवसायी टम अधिकारी, सिम्मी पुनलगायत सहभागी थिए।