राजनीति

कान्तिपुरलाई रविको चेतावनी- फेरी गलत समाचार लेखे कार्यालय घेर्न आउँछु 

२२ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर मिडियालाई गलत समाचार लेखे कार्यालय घेर्न आउने चेतावनी दिएका छन् । 

केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा रविले कान्तिपुरले आफूविरुद्ध लागेको र गलत समाचार लेख्दै आएको भन्दै पुन: यस्तो गल्ति गरे कार्यालय घेर्ने चेतावनी दिएका हुन् । 

रास्वपाले सरकार छाड्ने निर्णय गरेको छ । रास्वपाले प्रधानमन्त्रीलाई दिएको समर्थन कायम राख्ने र सरकारमा रहेका मन्त्रीहरूलाई तत्काल फिर्ता लिने निर्णय गरेको छ ।