राजनीति

सरकारी वकिलले मागे रविका नागरिकता र राहदानीसम्बन्धी कागजात

२६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मगाएको छ ।

सभापति लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले बताए ।

कागजात आएपछि अध्ययन गरेर निर्णय गर्ने उनले बताए । युवराज पौडेलले रवि लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए ।