राजनीति

एमालेले राष्ट्रपति नपाए प्रधानमन्त्री दाहालको पद पनि रहँदैन : विशाल भट्टराई

२६ माघ, काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले नेकपा एमालेले राष्ट्रपति नपाए प्रधानमन्त्री पुष्पकमल दाहालको पद जाने दावी गरेका छन् । नेता भट्टराईले एक मिडियासँग कुरा गर्दै पुस १० गते भएको सहमति लागु नभए गठवन्धन टुट्ने दावी गरे ।

उनले भने, ‘एमालेले राष्ट्रपति नपाए प्रधानमन्त्री दाहाल रहनुहुन्न । उहाँको पद जाने निश्चित छ । पुस १० गते भएको सहमति लागु नभएको खण्डमा प्रधानमन्त्री दाहालको पद पनि रहदैन ।’

कांग्रेस म्याउँ-म्याउँ गर्दै पद खोज्दै हिडेको आरोप लगाउँदै उनले भने, ‘एमालेले अघि सारेको राष्ट्रपतिलाई प्रधानमन्त्री दाहालले मत हाल्नुपर्छ । यसको विकल्प छैन । यदि यो नभएको खण्डमा उहाँको प्रधानमन्त्री पद पनि रहदैन ।’

कांग्रेससँग गठवन्धन तोडेर एमालेसहित ६ वटा दलको सहमतिमा दाहाल प्रधानमन्त्री बनेका हुन् । जसअनुसार एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको थियो । त्यस्तै, दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय दिने सहमति भएको थियो । जसअनुसार पार्टी सभापति रवि लामिछाने गृहमन्त्री बने । तर नागरिकता विवादमा दोषी ठहर भएपछि गृहमन्त्री, सांसदसहित रास्वपा सभापति पदसमेत गुम्यो ।

नेपाली नागरिकता लिएपछि पुन: गृह मन्त्रालय फर्किन चाहेपनि प्रधानमन्त्री दाहालले गृह दिन तयार नभएपछि रास्वपा सरकारबाट बाहिरिएको छ ।