समाचार

मुख्यमन्त्री शाह पुगे रेशम चौधरी निवास

२८ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह रेशम चौधरी निवास पुगेका छन् । शुक्रबार पदभार ग्रहण गरेका मुख्यमन्त्री शाह नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भेट्न चौधरी निवास पुगेका हुन् ।

शनिबार टीकापुरस्थित चौधरीको घरमा भएको उक्त भेटमा मुख्यमन्त्री शाह र अध्यक्ष श्रेष्ठबीच समसामाहिक राजनीतिक विषयमा कुरा भएको जनाएको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण एमाले नेतृत्व सरकार ढलेको थियो ।