सामाजिक सञ्जाल

हामीले छान्नुपर्ने राष्ट्रपत्रु होईन, राष्ट्रपति होः विवेकशील साझा उपाध्यक्ष प्रकाशचन्द्र

११ फागुन, काठमाडौं । बिबेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले हामीले छान्नुपर्ने राष्ट्रपत्रु होईन, राष्ट्रपति हो, राष्ट्राध्यक्ष हो, राष्ट्रप्रमुख हो भन्ने विचार राखेका छन् ।
उनले छिमेकी ठुल्दाई, ज्वाइँ सावहरुलाई खेल्न नदिन पहिले आफ्नो थैलीको बुझो राम्ररी कसोैँ भनेका छन् । उनले राष्ट्रपति निर्बाचनमा आईरहेका बिभिन्न राजनीतिक बिषयहरुमा ब्यंग्यात्मक बिरोध गरेका छन् ।

उपाध्यक्ष परियारको स्टाटस्ः

हामीले छान्नुपर्ने राष्ट्रपत्रु होईन, राष्ट्रपति हो, राष्ट्राध्यक्ष हो, राष्ट्रप्रमुख हो।
हाम्रो ध्यान राष्ट्रप्रति हुनु पर्ने किन राष्ट्रपति तर्फ अचाक्ली केन्द्रित छ ?
किन कि हामीले राष्ट्रपति संस्थालाई पार्टीको अमालकोट वनाएर गिजोलेकै हो। अझै पनि यो संस्थालाई बुडाखाडा ब्यवस्थापन पद वनाईने प्रयास जारी छ।
बिन्ती ! यस पटक सच्चिएर अघि बढ्ने मोका छ, राष्ट्रपत्रु मिल्काउन एक जुट बनोैँ, सच्चा राष्ट्रपति सदा मान्य छ।
छिमेकी ठुल्दाई, ज्वाइँ सावहरुलाई खेल्न नदिन पहिले आफ्नो थैलीको बुझो राम्ररी कसोैँ।
विचरा ज्ञानेन्द्र बुवालाई त्रिसरामा नाँच्न पनि नदिने भए !