११ फागुन, काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवद्र्धन गर्न अपाचे ओनरस्ग्रुप (एओजी) नामक फोरमकोगठन गरेको थियो । एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङ प्रतिको जोशको उत्सव मनाउने गरेको छ ।
स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनरस्ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्यहरू बटुलन सफल भएको छ । ग्रुपले हालसम्म १२ च्याप्टर र १६ मार्शल राइड सहित २८ वटा राइडहरु सफलतापूर्वक सञ्चालन गरिसकेकोछ।
परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सधैँ सक्रिय रूपमा संलग्न रहेको यो ग्रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पु¥याउने भएको छ ।
फागुन ११ गते बिहीबार बाट सुरुहुने अपाचे ओनरस्ग्रुप (एओजी) को माक्र्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने छन्। उक्त यात्रा २१ दिन लामो हुनेछ । पहिलो दिन काठमाडौं बाट रक्सौलहुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।
मानिस र मशीन बिचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन्। कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए ।
काठमाडौं बाट सुरुहुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुकोपनि भ्रमण गर्ने छन्। यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।
माक्र्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरुले भाग लिनका लागि आवेदन दिन पाउनेछन्। अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरु सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ ।
टिभिएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरि २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको छ । यि राइडहरु काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवद्र्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले पनि यो कार्यक्रमलाई सहयोग गर्ने भएको छ । नेपाल
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले टिभिएसलाई ‘बोर्डले विज्ञापन र पीएसए मार्फत कार्यक्रमको प्रवद्र्धनमा पूर्ण सहयोग गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।
जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीकोनेपालभर १४० भन्दा बढी डिलरहरुकोबलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएकोटू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।





