समाचार

हृदयघातका कारण जसपा सांसद सहनाज रहमानको निधन

१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल कि सांसद सहनाज रहमानको निधन भएको छ ।

जसपाबाट प्रतिनिधिसभाको लागि समानूपातिकसंसद रहेकी रहमानको हृदयघातका कारण निधन भएको हो।

शुक्रबार पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई भक्तपुरको मध्यपुर अस्पतालमा भर्ना गरिएको थियो । आज बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको जसपा प्रचार विभागले पुष्टि गरेको छ । रहमान जसपाकि केन्द्रीय सदस्यसमेत रहेकी थिइन् ।

रहमानको निधनको खबर पाएपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले अस्पतालमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनलाई जसपाले झापा जील्लाबाट समानुपातिकबाट सांसद मनोनित गरेको थियो ।

सभामुख देवराज घिमिरले अस्पताल पुगेर स्वर्गीय रहमानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।