मनोरञ्जन

बुढानिलकण्ठ स्कुल विद्यार्थी समाज, सेब्स सन्ध्या सांगितीक कार्यक्रमको आयोजना गर्ने

११ जेठ, काठमाडौं । बुढानिलकण्ठ स्कुलका पूर्व विद्यार्थीहरूले आगामी जेष्ठ १२ गते बुढानीलकण्ठ स्कुलको प्रांगडमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् ।

आफ्नो बाल्यकालको स्मृती उत्सवको रूपमा हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्ने पूर्व विद्यार्थीहरूले यस कार्यक्रमालाई उत्सव, प्रतिभा र सद्भावको पर्यायको रूपमा मनाउँदै आएका छन् ।

पूर्व विद्यार्थीहरू, शिक्षकहरू, अभिभावक, कर्मचारी, स्थानीय बासिन्दा लगायतलाई एकै स्थानमा ल्याएर उत्सवको रूपमा मनाइने यो कार्यक्रम विद्यालयको प्रांगडमा बिहान ११ बजे सुरु भएर साँझ सम्म चल्नेछ ।

सेब्स सन्ध्या सांगितीक कार्यक्रमका लागि नविन कुमार भट्टराई, द अर्पिता, स्वप्न सुमन, द एस्टर्स, पँहेलो बत्ती मुनी, सुसान्त रा रागा, कडा, सलिल महर्जन लगायतले आफ्नो दमदार प्रस्तुती दिनेछन् ।

संगित, खाना र अन्य मनोरञ्जनका भरपूर सामाग्रीहरु रहने यस कार्यक्रममा बुढानीलकण्ठ स्कुलका प्रतिभाशाली विद्यार्थी तथा पूर्वविद्यार्थीहरूलाई आफ्नो कौशल प्रस्तुत गर्ने अवसर दिलाउँछ भने विद्यार्थी बिचको अन्तरसम्बन्ध र भातृत्व विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।

सेब्स सन्ध्याका टिकट खल्तीबाट खरिद गर्न सकिने समेत आयोजकले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।