समाचार

प्रधानमन्त्रीद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त

१३ फागुन, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका हुन् ।

हिजो पिकनिकमा गएको बेला सांसद रहमानलाई अचानक मुटु दुख्न थालेपछि अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले आज बिहान भक्तपुरको मध्यपुर अस्पतालले मृत घोषणा गरेको हो ।