प्रदेश 2

शम्भुनाथ नगरपालिकाका मेयर सहित दुईजना विरुद्द भ्रष्टाचार मुद्दा दायर

१७ फागुन, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र इन्जिनियर रामचन्द्र साहले घुस खाएको पुष्टी भएपछी मुद्दा चलाएको हो ।

मेयर गुप्ताले विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको आरोप लागेको थियो । गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पनि पक्राउ गरेको थियो ।

अख्तियारको अनुसन्धानले दुबैजनाको मिलेमतो रहेको पुष्टि भएपछी आज नगर प्रमुख गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।