प्रदेश 2

दानगरे दुई करोडको जग्गा

२३ फागुन, गोलबजार । सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेको छ । उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गरेको हो ।

सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताए ।

आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु, वडाध्यक्ष साहले भने “अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’’ विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिराखेको जनाएको छ ।