प्रदेश 1

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुनसरी गठन

११ चैत्र, धरान । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सुनसरी जिल्ला कार्यसमिति गठन भएको छ ।

२०५५ सालमा गठन गरिएको नेपाल आदिवासी जनजाति संघलाई पार्टीले विघटन गरी ओम थापा मगरको सभापतित्वमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समिति गठन गरेपछि संघको केन्द्रदेखि वडासम्मकै संरचनाहरु सबै भंग भएको थियो ।

महासंघको केन्द्रीय सभापति मगरले धरान १७ का तिलक सुनुवारलाई जिल्ला सभापतिमा चयन गरेका थिए । जिल्ला सभापति सुनुवारले जिल्ला अन्तर्गतका प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र पालिका तहवाट प्रतिनिधित्व हुनेगरी सदस्यहरु मनोनित गरी समिति विस्तार गर्दै जिल्ला कार्यसमिति गठन गरेको हो ।

सभापति सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला उपसभापति पंकज महतो, जिल्ला सचिव माधव घिसिङ, सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा सुनसरी १(क) का सभापति अनिल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सदस्य सचिवको समेत भूमिका निर्वाह गरेका लुईस राईद्धारा सञ्चालित कार्यक्रममा जिल्ला सदस्य अनुपमा सुनुवार, कार्यालय सचिव तथा पूर्व जिल्ला सदस्य कालुराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, जिल्ला कार्यसमिति, सुनसरीमा मनोनित हुनेहरुमा मन्सी लाल मण्डल(इनरुवा), लुईस राई (धरान), भुवनेश्वर चौधरी (रामधुनी), देवीलाल चौधरी (दुहवी), मुना लिम्वु (धरान), टेकबहादुर राई (वराहक्षेत्र), अनिता गुरुङ (इटहरी), विशेश्वर उरांव (देवान्गञ्ज), दिपनारायण यादव (गढी), मेनुकुमारी राई (इटहरी), पुर्ण राई (बराहक्षेत्र), सुर्यनारायण मण्डल (हरीनगरा), दिनेश खम्बु राई (बराहक्षेत्र), शिवनाराया मण्डल (कोशी), सत्यनारायण उरांव (हरिनगरा), शसी थापा मगर (इनरुवा), दिनेश श्रेष्ठ (गढी), रामचन्द्र चौधरी (रामधुनी), रामनारायण मण्डल (देवान्गञ्ज), पुष्पालाल उरांव (झोक्राहा), सन्तोष तामाङ (दुहवी), श्यामकुमार राई (धरान), छिरिङ शेर्पा (इटहरी), मुस्कान सुनुवार (धरान), पुष्पादेवी राई (धरान), नर्वदा श्रेष्ठ (धरान), गंगाबहादुर लिम्वु (धरान), संगीता सुनुवार (धरान), बसन्त राई (धरान), टंकबहादुर घिसिङ (धरान) र सुर्यकुमार सुनुवार (धरान) रहेका छन् । उनीहरुलाई सभापति सुनुवारले सपथ गराउनुका साथै मनोनितको पत्र प्रदान गरेका थिए भने पार्टीका नेताहरुले खदा र अविर लगाई सम्मान गरेका थिए ।