बाग्मती

नागार्जुनको काव्यगोष्ठी

१८ चैत्र, काठमाडौँ । नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभप्रभात काव्यगोष्ठीमा आज समसामयिक चेतना र सांस्कृतिक रुपान्तरणका एक दर्जन कविता प्रस्तुत भएको छ ।

गोष्ठीमा डा रमेश शुभेच्छु, चेतनाथ धमला, दिल पौडेल, प्रकाश सिलवाल, युवराज नास्तिक, माधव घिमिरे ‘अटल’, लीलाराज दाहाल, गङ्गा खतिवडा, रामकृष्ण आचार्य, पुरुषोत्तम रसुवा, रुवी सत्याल, जयराम बिडारीले कविता, गजल र मुक्तक प्रस्तुत गरेका थिए।

वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा शुभेच्छुले कविताले राजनीनिक र सामाजिक क्षेत्रका विकृतिमाथि प्रहार गर्दै सुसङ्गत समय र समाजको परिकल्पना गरेको बताए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै प्रज्ञासभा सदस्यमा नियुक्त नागार्जुनका संस्थापक सदस्य चेतनाथ धमलालाई संस्थाका अध्यक्ष दिल पौडेलले बधाई दिएका थिए। नागार्जुनले लोकतान्त्रिक आन्दोलनका समयमा सडक कविता कार्यक्रमका रुपमा हरेक महिना शुभप्रभात काव्यगोष्ठीको थालनी गरेको थियो ।