पर्यटन/संस्कृति

सगरमाथाका तीन शेर्पा आरोही बिहानैदेखी बेपत्ता, हेलिकप्टेर र स्थलबाट खोजी कार्य जारी

२९ चैत, काठमाडौं । सगरमाथा आरोहणलाई सहज बनाउन खटिएका तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् ।
पर्यटन बिभागका निर्देशक युवराज खतिवडाका अनुसार दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा आज बिहान ९ बजेदेखी बेपत्ता छन् ।
उद्धारका लागि हेलिकप्टेरबाट र स्थल मार्गबाट उनीहरुको खोजी भईरहेको बताईएको छ ।