प्रदेश 1

काँग्रेस पाँचथर–काठमाडौं सम्पर्क समितिको सभापतिमा दाहाल

२ बैसाख, काठमाडौं । नेपाली काँग्रेस पाँचथर–काठमाडौं सम्पर्क समितिको सभापतिमा सुर्य कुमार दाहाललाई मनोनित गरिएको छ । पाँचथर काँग्रेसका जिल्ला सभापति रुपनारायण जबेगूले दाहाललाई सभापति तोकिएको पत्र दिएका छन् ।
दुई दशक भन्दा अगाडीदेखी सफलतापूर्वक ब्यावशाय गरिरहेका दाहाल काँग्रेसका पाँचथरका पुराना काँग्रेस मानिन्छन् ।

दाहाललाई ६ महिनाभित्र सम्पर्क समितिको अधिवेशन गर्न निर्देशन दिईएको छ । २०७९ साल चैत १२ गते जिल्ला सभापति जबेगुको सभापतित्वमा बसेको जिल्ला कार्यसमिति पाँचथरको बैठकले तुम्पेवा गाउँपालीका–१, आईना, पाँचथर निवासी हाल काठमाडौं कोटेस्वर बस्ने दाहाललाई सभापतिमा नियुक्त गरेको हो ।


जिल्ला कार्यसमितिले दाहाललाई चिठीमा कार्यकाल सफलताको शुभकामनासमेत दिईएको छ । नियुक्ती दिँदा रिक्त रहेको सभापति पद भनिए पनि उक्त चिठीप्रति सम्पर्क समितिका अधिकाँस पुर्व पदाधिकारी तथा सदस्यहरुको सहमती नरहेको पाँचथरका एक नेताले नाम नभन्ने सर्तमा सुर्यखबरलाई जानकारी दिएका छन् । यसअघि निर्मल रिजाल पाँचथर काठमाडौं सम्पर्क समितिका सभापति रहेका थिए ।