४ चैत, काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काबिरुद्ध पक्राउ पुजी जारी गरिएको छ ।
बिशेष अदालतका न्यायाधीशहरूले सोमबार यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले १८ करोडभन्दा बढी रकम गैरकानूनी रुपमा थपेको भन्दै पक्राउ पुजी जारी गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगले २०७५ सालमा रकम दुरुपयोगको मागसहित मुद्धा दायर गरेको थियो ।





