समाचार

प्रधानमन्त्रीको भारत भ्रमणका बेला कोशी र सुस्ताका बिषयमा कुरा उठोस्ः बिनोद चौधरी

५ चैत, काठमाडौं । साँसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पपकमल दाहालको भारत भ्रमणको समयमा सुस्ताका बिषयमा कुरा उठ्नुपर्ने बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उद्योगपति चौधरीले गण्डक नहरको संरचना ५०) औं बर्ष पुरानो भएको बताउँदै त्यसको पुनःनिर्माण नगरे हजारौं बिगा जग्गा डुवानमा पर्ने अनि हजारौं मानिसको घर डुब्ने भएकाले त्यससम्बन्धी कुरा उठाउनुपर्ने बताए ।
उनले ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस् र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस् ।’ भनेका छन् ।
आज संसदमा बोल्दै कोशी समस्याको समाधानका लागि पनि भारत भ्रमणका बेलामा प्रधानमनत्रीले चासो दिनुपर्ने बताएका छन् ।