मनोरञ्जन

भक्तराज आचार्यलाई छोराहरु ‘सत्य र स्वरुप’ले ‘संगीत बिश्वबिद्यालय’ बनाए

२४ बैसाख, ललितपुर । भक्तराज आचार्य संगीत प्रतिष्ठानले ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ यस वर्ष गायनतर्फ वरिष्ठ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ वरिष्ठ सङ्गीतकार शक्ति बल्लभलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।
ललितपुरमा शनिबार आयोजना गरिएको सम्मान कार्यक्रममा दुवैजनालाई दोसल्ला, ताम्रपत्रसहित नगदसहित उक्त सम्मान गरेको हो ।


यस्तै सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ तबलाबादक भिपी सिंहले २५ हजार राशीको पाएका छन् ।
नेपाली गीत संगीतको क्षेत्रमा धेरै नै पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गरी गायनतर्फ वरिष्ठ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले आफूहरुले धेरै पुरस्कार पाउँदा गर्ब महशुश गरेपछि भक्तराज आचार्य पुरस्कारबाट सम्मानति हुँदा धेरै नै हर्षित भएकाे बताएका थिए ।


छोराहरू सत्यराज आचार्य र स्वरुपराज आचार्यले संगीतको विश्वविद्यालय बनाएको भन्दै शक्तीबल्लबले “सुरुमा भक्तराज आचार्य संगीतको स्कुल हुनुहुन्थ्यो । यो स्कुललाई अहिले सत्य र स्वरुपले संगीतको विश्वविद्यालय बनाएका छन्, यसलाई सत्य र स्वरुपले अझै बृहद बनाउँदै लैजाने मेरो विश्वास छ ।” भनेका छन् ।


दीप श्रेष्ठले भक्तराज आचार्यसँगको आफ्नो पुरानो सम्बन्ध भएको र उक्त सम्बन्ध एक बर्ष हुँदाखेरी नै तपाईबाट तिमीमा झरेपछि झनै डिप भएको स्मरण गरेका थिए । डा भोला रिजाल, डा भीमार्जुन आचार्य, उद्योगपति बसन्त चौधरी, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत खचाखच बिशिष्ट ब्यक्तीत्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।