अन्तर्राष्ट्रिय

दुई हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाउने भारतको घोषणा

६ जेठ, काठमाडौँ । भारतीय सरकारले २ हजार रूपैयाँ दरको नोटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अहिले भारतीय राजनीतिज्ञदेखि आर्थिक क्षेत्रसम्म यसबारे बहस छ। यही क्रममा आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले नोटबन्दी गर्ने र खुलाउने प्रथाको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको भन्दै कटाक्ष गरेका छन् ।

भारतीय रिजर्भ बैंकले २ हजारका नोट नचालउने भन्दै अब बजारमा नपठाउने घोषणा गरेको हो । यद्यपी आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटको आधिकारिकता कायम हुने बैंकले एक जनाएको छ । बैंकको आधिकारिक ट्वीटर ह्याण्डलमा २ हजारको नोट नचलाउने उल्लेख गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सन् २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो । त्यो घोषणाको ७ वर्षमै २ हजारको नोटलाई बन्द गर्न लागिएको हो । एजेन्सीकाे सहयाेगमा