लुम्बिनी

माछामार्ने क्रममा एकजनाको मृत्यु

६ साउन, पाल्पा । पाल्पामा माछामार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिकावडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगर हुन् ।

फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।