१२ साउन, काठमाडौँ । कौण्डिन्य गोत्रीय महासमाजको बाग्मती प्रदेशको अध्यक्षमा प्रा डा गोविन्द आचार्य निर्वाचित भएका छन् ।
आज भएको काठमाडौँको नयाँ बानेश्वरको एक भेलाले कौण्डिन्य गोत्रीय महासमाजको अध्यक्षमा डा आचार्यलाई सबैको सहमतीमा चयन भएको हो । नवनिर्वाचित अध्यक्ष प्रा डा आचार्यले आफूलाई विश्वास गरेर भेलाले जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिँदै राजनीतिकरण र जातीयतामा नढाली महासमाजलाई विधानको भावनाअनुसार अगाडी बढ्ने बताए ।
कौण्डिन्य महासमाजका केन्द्रीय अध्यक्ष अर्जुन बन्जारा, उपाध्यक्ष बाबुराम आचार्य, सचिव पुरुषोत्तम पराजुलीलायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा प्रा डा आचार्यको नेतृत्वमा उपाध्यक्षमा सीता कँडेल पराजुली, महासचिवमा मेघ बहादुर बन्जरा, सचिवमा बासुदेव खड्का, कोषाध्यक्षमा रमेश प्रसाद प्याकुरेल निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा मणि प्रसाद पाठक, सुजित बाँस्कोटा, नमराज साप्कोटा, कृष्ण प्रसाद ग्ररे, दुष्यन्तराज न्यौपाने, तिल प्रसाद सत्याल निर्वाचित भएका छन् ।
कौण्डिन्य गोत्रीय महासमाजले लीला बाँस्कोटाको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश कमिटी यस घघि नै गठन गरिसकेको छ । कौण्डिन्य गोत्रीय महासमाजको सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा इश्वरा आचार्य, महासचिवमा राजु खड्कालगायत निर्वाचित भइसकेको छ । कौण्डिन्य गोत्रीय महासमाजले सातै प्रदेश र ७७ वटै जिल्लामा समिति गठन गर्दै जाने महासमाजका उपाध्यक्ष एवम् प्रवक्ता बाबुराम आचार्यले जानकारी दिए । जातीयतामा भन्दा पनि कौण्डिन्य गोत्रले समाजको हितका लागि काम गर्ने लक्ष राखेको प्रवक्ता आचार्यको भनाई छ ।
