समाचार

आचार्य बन्धु समाजको काठमाडौं अधिवेशन भदाै २ गते, रामजीको अध्यक्षतामा बन्यो तयारी समिति

शुवाष मगर/ २१ साउन, काठमाडौं । आचार्य बन्धु समाज नेपालको काठमाडौं जील्ला अधिवेशन भदाै २ गते शनिबार सम्पन्न हुने भएको छ ।
काठमाडौंमा नयाँ बानेश्वरमा बसेको रामजी आचार्यको अध्यक्षताको बैठकले जिल्ला अधिवेशन भदाै २ गते गर्ने निर्णय गरेको हो ।


कुन स्थानमा अधिवेशन गर्ने भन्ने तय नभएपनि समय दिनको १ बजेदेखी र भदाै २ गते शनिबार रहने बताईएको छ । स्थानको टुंगो लगाउने अधिकार काठमाडौं जील्ला अध्यक्ष रामजी आचार्यलाई दिइएको छ ।


सदस्यता नबिकरण गर्ने, नयाँ सदस्यता बितरण लगायतका कार्यक्रमहरु द्रुत गतीले भईरहेको भन्दै काठमाडौं जील्लाले नबिकरण गर्न र नयाँ सदस्यता लिन इच्छुक कौडिन्य गोत्रीय काठमाडौं बासी आचार्य बन्धुहरुलाई आग्रह गरेको छ ।
सदस्यता नविकरण तथा नयाँ बितरण गर्न अध्यक्ष रामजी आचार्य तथा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


जील्ला अधिवेशनसम्बन्धि सम्पुर्ण ब्यवस्थापनका लागि अध्यक्ष रामजी आचार्य (९८६०४२३२९७) को संयोजकत्वमा रोयल आचार्य (९८५११४५६४१), प्रमोद आचार्य (९८४११५७८६३), उत्तमराज आचार्य ( ९८४९१४८२०३) अन्जना आचार्य (९८४१५४०७१८) सदस्य रहेको पाँच सदस्यीय निर्बाचन तयारी समितिसमेत गठन गरिएको छ ।

समाजका महासचिव शुभनराज आचार्य, केन्द्रीय सदस्य रामहरी आचार्य तथा संस्थापक केन्द्रीय सदस्य रमेश आचार्यसहितको उपस्थितिमा काठमाडौं जिल्लाको बैठकले उक्त निर्णयहरु गरेको हो ।


आचार्य बन्धु समाज नेपालले सातै प्रदेश, ७७ वटै जील्ला र आवश्यक भएका स्थानीय तहमासमेत आचार्य समाज गठन गर्दै लाने र आफ्नो योजनाहरु सफल बनाउने लक्ष राखेको केन्द्रीय समितिका अध्यक्ष बाबुराम आचार्यले बताएका छन् ।

बैठकपछि काठमाडौं जिल्ला अध्यक्ष रामजी आचार्यले जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गरिने गरी तयारी भईरहेको बैठकपछि सुर्यखवरलाई जानकारी दिएका छन् ।

आचार्यका छोरीबुहारीले भदौ २३ गते शनिबार राजधानीमा तीजको भव्य दर खाने र नाचगाान गर्ने