अन्तर्राष्ट्रिय

सङ्घीय सरकार ९ अगस्टमा विघटन हुने

२३ साउन, एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशको संघीय सरकार अगस्ट ९ मा विघटन हुने बताएका छन् ।

उनले सो बारे मङ्गलबार जानकारी दिदै त्यसपछि अर्को आम चुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि बताएका छन् । विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ ।