अन्तर्राष्ट्रिय

सन् २०२३ मा विश्वव्यापी उर्जाको मागमा अत्यधिक वृद्धि : आईईए

२६ साउन, एजेन्सी । अन्तर्राष्ट्रिय उर्जा निकाय (आईईए) ले सन् २०२३ मा पेट्रोलियम पदार्थको विश्वव्यापी माग वृद्धि हुने प्रक्षेपणलाई परिमार्जन गर्दै मागमा थप वृद्धि हुने जनाएको छ ।

पेरिसस्थित आईईएले आफ्नो मासिक प्रतिवेदनमा भनेको छ, “जुन र अगस्टमा विश्वमा पेट्रोलियम पदार्थको माग दैनिक १० करोड ३० लाख ब्यारेल पुगेको छ ।”

“सन् २०२३ मा विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको माग दैनिक २२ लाख ब्यारेलबाट बढेर १० करोड २२ लाख ब्यारेल प्रति दिन पुग्ने अनुमान गरिएको छ,” प्रतिवेदनमा भनिएको छ ।

आईईएले भनेको छ, “एशियाली विशाल देश चीनको माग पनि अपेक्षाभन्दा बलियो भएको र यो ७० प्रतिशत वृद्धि हो । अर्थव्यवस्थाको कमजोर अवस्थाको बारेमा निरन्तर चिन्ताको बावजुद चीनको उर्जाको माग नयाँ उचाइमा पुगेको छ ।”

“यो बर्षको ग्रीष्म कालमा हवाई यात्रामा भएको वृद्धि, विद्युत् उत्पादनमा तेलको बढ्दो प्रयोग र बढ्दो चिनियाँ पेट्रोकेमिकल गतिविधिका कारण विश्वमा तेलको माग उच्च विन्दुमा पुगेको छ,” आईईएले भनेको छ ।

सन् २०२३ मा विश्वव्यापी मागमा हुने पूर्वानुमानित विस्तारले यसको ‘अहिलेसम्मकै उच्च वार्षिक स्तर’ लाई चिह्नित गर्नेछ । आईईएले फेबु्रअरीमा यस वर्षको लागि पेट्रोलियम पदार्थको माग प्रति दिन १०१.९ मिलियन ब्यारेल पुग्ने र यसले वार्षिक उच्च विन्दुमा पु¥्याउने भविष्यवाणी गरेको थियो ।

गत जुलाईमा तेलको आपूर्तिमा आएको गिरावटका कारण विश्व बजारमा देखिएको तनावबीच तेलको माग बढ्दो अवस्थामा देखिएको हो ।

गत महिना साउदी अरबले तेलको मूल्य वृद्धिका लागि उत्पादनमा गरेको तीव्र कटौतीका कारण २३ राष्ट्रको ओपेक प्लस गठबन्धनको उत्पादन प्रतिदिन १२ लाख ब्यारेलबाट घटेर ५०.७ लाख ब्यारेल प्रति दिनमा झरेको थियो ।

गैर–ओपेक + सदस्यराष्ट्रद्वारा उत्पादन मात्रामा वृद्धि गरी ५०.२ लाख ब्यारेल प्रतिदिन पु¥याएका छन् ।

सन् २०२४ मा विश्व जलवायु परिवर्तनसँग जुध्न र जीवाश्म ईन्धनको प्रयोग कम गर्न दौडधुप गरिरहेको बेला आईईएले माग वृद्धिमा कमी आउने अनुमान गरेको छ ।

महामारीपछिको पुनरुत्थानको गति समाप्त हुँदै गएको र कमजोर आर्थिक अवस्था, कडा दक्षता मापदण्ड र नयाँ विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिइएकाले सन् २०२४ मा आर्थिक वृद्धि दर एक लाख ब्यारेल प्रतिदिनमा खुम्चिने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।