अन्तर्राष्ट्रिय

सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

२७ साउन, एजेन्सी । सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन् ।
ती ४९ संदिग्धहरू २१ देखि ४६ वर्ष उमेर समूहका छन् । जसमध्ये ३५ सिङ्गापुरीहरू रहेको बताइएको छ ।
कारबाहीका क्रममा एक्स्टेसीू र केटामाइन लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको पनि बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ ।