समाचार

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आवश्यक नभएको गठबन्धनको निष्कर्ष

२९ साउन, काठमाडौं । सत्ता गठवन्धनको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सुन तस्करी प्रकरणमा छानबिन समिति गठन गर्न आवश्यक नभएको निष्कर्ष निकालेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

बैठकले एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निष्कर्ष निकालेको उनले बताए ।