३२ साउन, काठमाडौं । आचार्य बन्धु समाज नेपालको काठ्माण्डौ जिल्ला कार्य समितिको दोस्रो जिल्ला अधिवेशनको अन्तिम तयारी सम्पन्न भएको भएको छ ।
शुक्रबार जिल्ला अध्यक्ष रामजि आचार्यले केन्द्रीय अध्यक्ष बाबुराम आचार्य, महासचिव शुभनराज आचार्यलगायत काठमाडौं जिल्ला अधिवेशनको अन्तिम तयारी पुरा भएको जानकारी दिएका छन् ।
कार्यक्रम सभ्य र भब्य बनाउन काठमाण्डौ जिल्लाका ११ वटै पालीकाका सबै कौडिन्य गोत्रीय बन्धुहरुको उपस्थिति आवश्यक भएको भन्दै निशुल्क खानपीनलगायतका कुनैपनि कुरामा कमी हुन नदिने गरी अधिवेशनको तयारी गरिएको जिल्ल अध्यक्ष आचार्यले बताएका छन् ।
ब्यापक उपस्थिति हुने अनुमान गरिएको भदौ १ गते दिनको ३ बजे सम्पन्न हुने अधिवेशन कार्यक्रममा काठ्माडौं जिल्लाद्वारा छोरीबुहारी तथा सम्पुर्ण बन्धुहरुलाई निम्ता गर्दै उपस्थितिका लागि आह्वान गरेको छ ।
आचार्य बन्धु समाज नेपालको सदस्यता लिनका लागि, नबिकरण गर्नका लागि अविेशन स्थलमा नै गर्नसकिने पनि काठमाडौं जिल्लाले जनाएको छ ।








