समाचार

आचार्य समाज काठमाडौंको अध्यक्षमा पुनः रामजी, सचिवमा तेजप्रसादसहित यस्तो बन्यो १३ सदस्यीत समिति

१ भदौ, काठमाडौं । आचार्य बन्धु समाज नेपाल काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा सर्बसम्मत रुपमा पुनः रामजी आचार्य निर्बाचित भएका छन् ।
समितिको नबनिर्बाचित उपाध्यक्षमा प्रमोद आचार्य, सचिबमा तेज प्रसाद आचार्य, सहसचिवमा अन्जना आचार्य कोईराला, कोषाध्यक्षमा पुकार आचार्य निर्बाचित भएका छन् ।
यसैगरी आचार्य बन्धु समाज–नेपाल काठमाडौंको निर्बाचित सदस्यहरुमा खड्गराज शर्मा आचार्य, अभयमणि आचार्य दिक्षीत, तेज बहादुर आचार्य, जनक आचार्य, उमेश प्रसाद आचार्य, तारा चन्द्र आचार्य, उदयचन्द्र आचार्य, लिजा आचार्य रहेका छन् । १३ सदस्य समितिलाई निर्बाचन समितिका संयोजक अधिवक्ता लक्ष्मण आचार्यले सामुहीक रुपमा इश्वरका नाममा सपथ ख्वाएर औपचारिक प्रतिबद्धता गराए भने खादा र अभीर लगाएर केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बधाई तथा शुभकामना दिए ।
कौण्डिन्य गोत्रीय महासमाजका केन्द्रीय अध्यक्ष अजुन बन्जारा तथा केन्द्रीय कोषाध्यक्ष नारायण नयौपानेले काठमाडौं जिल्ला आचार्य समाज गठनको शुभकामना दिएका थिए ।
केन्द्रीय महासचिव तथा अधिवक्ता शुभन राज आचार्यले संचालन गरेको सभ्य र भब्य कार्यक्रममा काठमाडौं जिल्लाका ११ वटै स्थानीय तह काठमाडौं महानगरपालीका, गोकर्णेश्वर नगरपालीका, कागेश्वरी मनोहरा नगरपालीका, दक्षीणकाली नगरपालीका, चन्द्रादिगरी नगरपालीका, शकरापुर नगरपालीका, तारकेश्वर नगरपालीका, किर्तिपुर नगरपालीका, बुढानिलकण्ठ नगरपालीका, टोखा नगरपालीका, नागार्जुन नगरपालीकाका कौडिन्य गोत्रीय आचार्यहरुको उपस्थिति रहेको थियो ।
समाजका उपाध्यक्ष बीरभद्र आचार्यले आचार्य समाजले धेरै महत्वपूर्ण कार्यहरु गरिरहेको भएपनि राष्ट्रिय भेला गरेर देशभरका समाजलाई एकीकृत गर्नुपर्ने अहिलेको प्रधान आवश्यक्ता रहेको शुभकामना कार्यक्रममा बताएका थिए । आचार्य बन्धु समाज नेपालका संस्थापक अध्यक्ष राजेश्वर आचार्यले स्थापना गरेको समाजलाई उहाँकै समयमा देशभर २० वटाभन्दा बढी जिल्लामा समिति बिस्तार भईसकेको भन्दै त्यस समयमा प्रदेशीक संरचनामा नभएका कारण जिल्लालाई प्राथमिकता दिएको र केही महिनामा अधिवेशन नभएका जिल्लामा समिति गठन गरिने र नभएका जिल्लामा नयाँ समिति बनाई ७७ वटै जिल्ल र ७ प्रदेशमा नै आचार्य बन्धु समाज गठन गर्ने पहिलो लक्ष रहेको समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताए ।
समाजका महासचिव शुभनराज आचार्यले आचार्य लबन्धु समाज नेपालमा हालसम्म ५० जना भन्दा बढी आजीवन सदस्य, ५ जना संरक्षक सदस्य, ५ जना बिशिष्ठ सदस्य तथा ५ सय जनाको हाराहारीमा साधारण सदस्य रहेको जानकारी दिएका थिए ।
कार्यक्रममा समाजका संस्थापक उपाध्यक्ष शुरेस आचार्यलगायतको आचार्य समाजका बिषयमा सुझावसहितका बिषयहरु राखेका थिए । आचार्य समाज केन्द्रीय कार्यसमितिद्वारा प्रकाशित बार्षिक क्यालेण्डर सबै सहभागीहरुलाई निःशुल्क बितरणसमेत गरिएको थियो ।
आचार्य बन्धु समाज नेपालले यही भदौ १६ गते बागमती प्रदेशको अधिवेशन गर्दैछ भने भदौ २३ गते का लागि छोरीबुहारीका लागि भब्य हरितालीका तीज दर खाने र नाचगान गर्ने कार्यक्रम तय गरेको छ । आचार्य बन्ध समाज नेपालले आफ्नो वेवसाईटमार्फत आफ्ना कार्यक्रमहरु सार्वजनिक गर्ने गरेको भने समाजको आधिकारिक फेसबुक पनि बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरु जोडिन सक्ने समाजले जनाएका छ । काठमाडौंको बानेश्वरस्थीत कृष्णभोग पार्टी प्यालेशमा अधिवेशन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको अवस्था थियो ।

दाेस्रो अधिवेशनबाट काठमाडौं जिल्लामा निर्बाचित आजको कार्यसमिति

आचार्य बन्धुहरुको उपस्थितिमा गोरखा भेलाका लागि बन्यो ११ सदस्यीय आयोजक समिति, संयोजकमा गोबर्धन आचार्य

आचार्यका छोरीबुहारीले भदौ २३ गते शनिबार राजधानीमा तीजको भव्य दर खाने र नाचगाान गर्ने