४ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत पाएका छन् ।
प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइन मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् । प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।
बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।





