६ भदौ, काठमाडौँ । काठमाडौंबाट पोखरा छुटेको यात्रुबाहक बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई धादिङको गजुरी गाउँपालिका-१ चालीसेछहराबाट त्रिशूली नदीमा बस खसेको बताए ।
अहिले घाइतेहरूको उद्धार भइरहेको छ । घट्नाको थप विवरण आउन बाकी छ ।





