समाचार

त्रिशूली बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, १५ जना घाइते

६ भदौ, काठमाडौँ । काठमाडौँबाट पोखरा छुटेको यात्रुवाहक बस त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
पोखरा छुटेको लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिएका छन्।