६ भदौ, विराटनगर । नेकपा एमाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।
मुख्यमन्त्री थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।
सोमबार मुख्यमन्त्री थापाले प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको पनि मत लिएर विश्वासको मत पाएका थिए ।





