समाचार

धरानमा निषेधाज्ञा, नाकामा कडाइ

८ भदौं, धरान । स्थानीय प्रशासनले धरानमा आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले धरान प्रवेश गर्ने नाकामा कडाइ समेत गरिएको छ ।

साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताए । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।