राजनीति

संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने रास्वपाको निर्णय

८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले आफ्नो क्षमताले भ्याउने समितिहरु सबैमा समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने प्रमुख सचेतक परियारले बताए ।