समाचार

सारुकका पिता सानु ताम्राकारको निधन

९ भाद्र, काठमाडौँ । वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । स्रोतका अनुसार केही समयअघि छोरा सारुक ताम्राकार गुमाएका ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

अध्यक्ष निरौलाले ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको बताएका छन् । ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए ।