समाचार

राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु

९ भदौ, मकवानपुर । हेटौँडामा राप्तीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । आज दिउँसो करिब साढे ३ बजेको समयमा माछा मार्ने क्रममा हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङ बस्ने ४५ वर्षीय कुमार भारतीलाई सिमल्टारस्थित राप्तीखोलाले बगाउँदा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

खोलामा मान्छेजस्तो वस्तु तैरिरहेको स्थानीयले देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयको सहयोगमा मृतक भारतीको शव बाहिर निकालिएको प्रवक्ता कार्कीले बताए ।

बिहीबारदेखि परेको अबिरल वर्षाका कारण राप्तीखोलाको बहाव बढेको छ । मृतक भारतीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता कार्कीले बताए ।