समाचार

ललिता निवास प्रकरण : २९० जनाविरुद्ध मुद्दा दर्ता, १८ अर्ब बिगो दाबी

१० भदौ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलले यस प्रकरणमा सीआईबीले दिएको रायसहितको प्रतिवेदनका आधारमा आइतबार मुद्दा दर्ता गरेको हो ।

सीआईबीले प्रतिवादीहरुलाई संगठित अपराधको कसूरमा पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलले संगठित अपराधमा मुद्दा नचल्ने निर्णय गरेको छ ।

सीआईबीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि प्रतिवादी बनाउन सिफारिस गरे पनि सरकारी वकिलले शाहलाई प्रतिवादी बनाउनुनपर्ने निर्णय गरेको छ । यस प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।