समाचार

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास प्रधानमन्त्रीले गरे हस्तान्तरण

१० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह हस्तान्तरण गरेका छन् ।

भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री दाहालले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए । प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टा-छुट्टै ब्लक रहेको छ ।

यो संगै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा करिब ८५ करोड रुपैयाँ लागतमा तयार भएको यिनै भवनमा बस्न पाउनेछन् ।