खेलकुद

प्रधानमन्त्री दाहालले दिए क्रिकेट टिमलाई जितका लागि शुभकामना

१३ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् ।

प्रधानमन्त्री दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली टोलीलाई बुधबार बिहान भर्चुअल कुराकानी मार्फत जितका लागि शुभकामना दिएका हुन् ।

नेपाली टिमका क्याप्टेन पौडेलसँग कुरा गर्दै तपाईहरू ऐतिहासिक खेलमा हुनुहुन्छ सिँगो नेपाल सरकार र सम्पुर्ण नेपाली जनता तपाईहरुको साथमा छ राम्रो सँग खेल्नुहोला मेरो तर्फबाट बेस्ट अफ लक छ भनेर भनेका छन् ।