समाचार

प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट

१३ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गरेका नेतृत्वदायी भूमिकाको प्रसंशा गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।