समाचार

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा पक्राउ

१३ भाद्र, काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न माओवादी केन्द्रका प्रवक्ता एवं पुर्वसभामुख कृष्णबहादुर महराका छोरा पक्राउ परेका छन् ।

महराका छोरा राहुल महरालाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको हो । सुन तस्करीको लागि पुर्वसभामुख महरा र छोरा राहुलले संवाद गरेको खुलेको थियो ।

उनीहरुले सुन तस्करको लागि २५६ पटक संवाद गरेको सीआइबीले प्रतिवेदन बुझाएको थियो ।