राजनीति

एमसीसीविरुद्ध विप्लव सडकमा

१३ भदौ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् ।