खेलकुद

एसिया कप किक्रेट : नेपालले लियो पाकिस्तानको चौथो विकेट

काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ । नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । लामिछानेले आघा सलमानलाई मात्र ५ रनमा आउट गरे । यससँगै पाकिस्तानले २८ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२४ रन बनाएको छ ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो र तेस्रो विकेट रनआउट गराएको हो । केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् ।

करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रनआउट गर्न सफल भएका हुन् ।