अन्तर्राष्ट्रिय

पूर्वी चीनमा आगलागीमा परी छ जनाको मृत्यु

१३ भाद्र,एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको एक आवासीय भवनमा बुधबार बिहान भएको आगलागीमा परी छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताए ।

ताइझोउ शहरको लुकियाओ जिल्लाको हेङजी टाउनशिपको कियानयाङपान गाउँमा रहेको एक घरमा बिहान ३:४० बजे आगलागी भएको जिल्ला सरकारले बताएको छ ।

प्रहरीबाट खबर प्राप्त भएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए तर प्रहरी पुग्दा आगलागी भएको घरमा छ जना फसेका थिए । प्रहरीले तीन जनालाई घाएते अवस्थामा र तीन जनाको मृत शरीर घरबाट निकालेका छ।

घाइत तीन जनालाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । आगलागी कसरी शुरू भयो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।