अन्तर्राष्ट्रिय

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा जेल सजाय माफीका लागि आग्रह

१४ भाद्र, एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा जेल सजाय माफीका लागि आग्रह गर्दै थाई दरबारमा निवेदन दिएका छन् ।

थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिनले सरकारमार्फत् शाही माफीका लागि अनुरोध गरेको सरकारका एक मन्त्रीले बिहीबार बताए ।

सन् २००६ मा भएको सैनिक ‘कू’ बाट अपदस्थ भएका ७४ वर्षीय अर्बपति लाई १५ वर्षको आत्मनिर्वासनबाट फर्केलगत्तै गत साता जेल पठाइएको थियो ।

उनको घर फिर्तीसँगै फेउ थाई पार्टी धेरै सैन्य समर्थक पार्टीहरूसँग गठबन्धनमा सरकारमा फर्केको थियो । यसले जेलको समय कटौती गर्न एक सम्झौता भएको थियो भन्ने व्यापक अड्कलबाजीलाई बढावा दिएको छ ।

कामचलाउ न्यायमन्त्री विसानु क्रे–ङमले थाक्सिनले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय भोगिरहेकाले माफीका लागि निवेदन दिएको जानकारी दिए ।

“हामीलाई अनुरोध प्राप्त भएको छ, बाँकी प्रक्रियाअनुसार हुनेछ,” विसानुले सञ्चारकर्मीसँग भने ।

यो प्रक्रियामा कति समय लाग्छ भन्ने प्रश्नमा विसानुले भन्नुभयो, “यो विशुद्ध रूपमा शाही अनुग्रहमा आधारित छ । सरकारबाट प्रक्रिया लामो छैन, तर यो थाइ नरेशको सोच र निर्णयमा निर्भर गर्दछ ।

थाई कानुनअनुसार राजा महा वजिरालोङकोर्नसँग पुग्नुुअघि कैदीहरूले न्यायमन्त्रीबाट प्रधानमन्त्रीमार्फत प्रिभी काउन्सिलमा क्षमादानको निवेदन दिन सक्छन् ।

अधिकारीहरुका अनुसार सबै कागजी प्रक्रिया पूरा भएमा यो प्रक्रिया एकदेखि दुई महिनासम्म लाग्छ ।

थाक्सिन आधुनिक थाई इतिहासमा सबैभन्दा प्रभावशाली तर विभाजनकारी व्यक्तिहरू मध्ये एक मानिन्छ ।

सन् २००० कोे सुरुतिर उनको पपुलिस्ट नीतिका कारण लाखौं ग्रामीण थाईहरूले उनलाई प्रधानमन्त्री चुनेका थिए । उनलाई देशको राजावादी र सेना समर्थक प्रतिष्ठानले निन्दा गरेको छ । जसले विगत दुई दशकको अधिकांश समय उहाँ र उनको सहयोगीहरूलाई सत्ताबाट बाहिर राख्ने प्रयासमा बिताएको छ ।