खेलकुद

एसिया कप : ३८ रन बनाएर कुशल भुर्तेल आउट

१८ भदौ, काठमाडौं । एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आउट भएका छन् । १०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका हुन् ।

अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् । उनलाई शार्दुल ठाकुरले आउट गरे ।

भुर्तेलले ओडिआई खेलमा १ हजार रन पूरा गरेका छन् । सन् २०२१ मा ओमानमा भएको पपुवा न्यु गिनीविरुद्ध खेल्दै कुशलले आडिआईमा डेब्यु गरेका थिए ।