खेलकुद

भारतविरुद्धको खेलमा नेपालले पूरा गर्‍यो २०० रन

१८ भदौ, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४३ दशमलव ३ ओभरमा दुई सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले अहिले ४४ ओभरमा सात विकेट गुमाएर २०२ रन बनाउँदै खेलिरहेको छ ।