खेलकुद

एसिया कप खेलेर फर्केको खेलाडीको भव्य स्वागत

२० भदौ, काठमाडौं । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।

नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले खेलाडीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो ।